धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु
शनिबार, ०८ असोज २०७९, २२ : २८
धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटा नगरपालिका–६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँके, खजुरा गाउँपालिका–२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर आज (शनिबार) बिहान मृत्यु भएको छ । आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण