सोमबारदेखि बुटवलमा सस्तो दसैँ बजार
बुटवलमा सोमबारदेखि सञ्चालन हुने सस्तो दसैँ बजारको तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन दसैँ सस्तो बजार सञ्चालन गर्दै आएको छ ।
यो वर्ष पनि घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको हो । दसैँ सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा विक्री वितरण गरिने जानकारी गराए । दसैँ सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहरूलाई सहज हुने अध्यक्ष कसजूले बताए । उनले बजारबाट लाभ लिन पनि सबैलाई आग्रह गरे । दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिर प्राङ्गणमा हुने दसैँ सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य स्थानसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल, चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पललगायतका दैनिक उपभोग्य सामानसहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका सामाग्रीहरूको बिक्री वितरण गरिने संघका महासचिव बिमलराज भट्टराईले बताए ।
त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको दसैँ सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण