‘एमाले इमान्दार कार्यकर्ता र उत्पीडित वर्गको पार्टी रहेन’
एमालेबाट केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बलभद्र सरदार थारूले आफू लगायतको चरित्र हत्या गर्ने गरी एमालेले जारी गरेको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सरदारले एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले बुढीगंगाको नाममा एउटा विज्ञप्ति जारी गरेर लगाएको आरोपप्रति आपत्ति जनाएका हुन् । ‘हामीमाथि मानहानी हुने गरी गाली गलौजको स्तरमै तल गिरेर प्रस्तुत हुनु केबल हारको मानसिकता, अराजकता र अराजनीतिक चरित्र बाहेक अरु केही पनि नभएको पुष्टि हुनजान्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमालेको एउटा झुण्डबाट भएको यो ढंगको क्रियाकलापबाट हामीले लिएको निर्णय वास्तवमा सही निर्णय रहेछ भन्ने सहजै बुझ्न सकिन र ? यसबाट हामी थोरै पनि विचलित नभई अझ उर्जाका साथ अगाडि बढ्ने प्रण पनि गर्दछौं ।’
उनले एमालेमा आबद्ध सबैमा बेलैमा सही निर्णय दिन पनि अपिल गरेका छन् । उनले नेकपा एमाले भन्ने पार्टी केबल स्वार्थी समूहको झुण्ड मात्र रहेको र गरिव, उत्पीडित वर्गको पार्टी नहरेको कारण एमालेको भविष्य खोज्नका निमित्त केबल दास बन्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण