मनास्लु हिमपहिरोमा मृत्यु पुष्टि भएको छैन–प्रहरी
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरबाट दुई जनाको उद्धार गरिएको छ । दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए ।
हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा परेर मृत्यु भएको अफवाह पुष्टि नभएको एसपी खनालले जानकारी दिए । उनले भने–‘कसैको मृत्यु पुष्टि भएको छैन ।’ दोलखा गौरीशंकर घर भएका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका घर भएका २० वर्षीय सुकु बहादुर तामाङमा उद्धार गरेर काठमाडौं ल्याइएको छ । कैलाश हेलिकप्टरबाट उद्धार गरिएका उनीहरूको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।
हिमपहिरो बेसक्याम्पमा आउँदा दर्जनबढी घाइते भएको आकलन गरिएको छ । तर, यकिन विवरण आउन बाँकी रहेको एसपी खनालले बताए । एभरेष्ट र सिम्रिक एयरको हेलिकप्टरले उद्धार प्रयाग गरिरहेको छ । तर, खराब मौसमका कारण उद्धारमा समस्या भएको छ । आधार शिविरमा इमाजिनो नेपाल र सातोरीलगायतका संस्थाबाट पर्वतारोही त्यहाँ पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण