खोटाङमा ट्रयाक्टरबाट खसेर १ जनाको मृत्यु
बुधबार, १२ असोज २०७९, ११ : २५
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका छन् ।
प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण