सप्तकोसीमा जेटबोट सञ्चालन
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा वराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको वराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेटबोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए ।
हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए । सप्तकोसी किनारस्थित वराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिए । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए ।
बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको छ । जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ । पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उनले बताए । जेट बोटको क्षमता ४० जना अटाउने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण