२२ वर्षकी अमिनीको मृत्युमा इरानका राष्ट्रपतिले भने, ‘म दुःखी छु तर अव्यवस्था सहन सक्दिनँ’
इरानका राष्ट्रपति इब्राहिम रायसीले २२ वर्षीया महसा अमिनीको मृत्यु र यसका लागि देशव्यापी रुपमा भइरहेको चर्को विरोधबारे प्रतिक्रिया दिएका छन् । उनले भने, ‘अमिनीको मृत्युमा पूरा देश दुःखी छ तर जसरी अव्यवस्था फैलाइँदैछ त्यो सहन सकिँदैन ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार एक स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा राईसीले भने, ‘यो दुर्भाग्यपूर्ण घटनाबाट हामी सबै दुखी छौं तर अराजकता फैलाएको सहन सक्दैनौँ । सरकारका लागि मानिसहरुको सुरक्षा सबैभन्दा बढी महत्वपूर्ण छ । दंगा गरेर जनताको शान्ति भंग गर्न कसैलाई पनि छुट छैन ।’
२२ वर्षीया महसा अमिनीको तेहरानमा १३ सेप्टेम्बरमा हत्या भएको थियो । हिजाब राम्रोसँग नलगाएको भन्दै तेहरानको मोरालिटी पुलिसले उनलाई पक्राउ गरेको थियो, त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो र उपचारको क्रममा उनको मृत्यु भयो ।
यसपछि यस मृत्युको विरोधमा देशका ८० भन्दा बढी सहरमा विरोध प्रदर्शन भइरहेका छन् । विरोधमा, इरानी महिलाहरूले हिजाब र हेड स्कार्फमा आगो लगाइरहेछन्, जबकि धेरै महिलाहरूले आफ्नै कपाल काटेको भिडियोहरू बाहिर आएका छन् ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र गोलीसमेत प्रहार गरेको छ । सुरक्षाकर्मीको कारबाहीका बाबजुद पनि प्रदर्शन रोकिने छाँटकाँट छैन ।
हालै सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा इरानी जनताले ‘तानाशाहको मृत्यु’को नारा लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


