गजल : चुनाव आउँछ, नेता आउँछन्, विकास आउँदैन
शनिबार, १५ असोज २०७९, ०७ : ३४
तिमीलाई नसम्झि बस्नुमा मिठास आउँदैन ।
माहोल शुन्य लाग्छ मनमा उल्लास आउँदैन ।
सबै सबैले एकतर्फी प्रेम गर्न सक्दैनन् ।
सबै सबैलाई आत्महत्याको प्रयास आउँदैन ।
कुन ढुङ्गाबाट मूर्ति बन्दैन यो संसारमा ?
भन्नुहोस् कुन फूलबाट सुवास आउँदैन ?
आवधिक चुनाव आउँछ, नेता आउँछन् ।
यो टोलमा कहिल्यै पनि विकास आउँदैन ।
म मूर्खलाई सुधार्ने कोशिस गर निरमाया ।
तिम्रो जिन्दगीमा अर्को कालीदास आउँदैन ।
महेश के भट्टराई, महाबु गाउँपालिका– १, दैलेख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण