नरैनापुर आसपासका क्षेत्र जलमग्न
मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा–६ को दोदरा क्षेत्रमा रहेका घरहरूका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
गाउँपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको जानकारी दिए । उनले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्षसहित टोल, टोलको अनुगमन गरी रहेको छु ।”
वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भने, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउँदै निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरूलाई अपिल गरेको बताए।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तीमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे ।
घरभित्रै पानी पसेपछि स्थानीयहरूले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर बस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नु परेको स्थानीय लियाकत साईले बताउनु भयो ।
यता नरैनापुर गाउँपालिका अध्यक्ष शाहले निरन्तर पानी परिरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण