अनुमति बिना दसैँमा मनोरञ्जनात्मक कार्यक्रम गरेको भन्दै ३ जना पक्राउ
कैलालीमा अनुमति बिना दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरेको र प्रहरी कुटिएको भन्दै टीकापुर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले अनुमति विना कार्यक्रम गरेको र दुई सुरक्षाकर्मीलाई कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ नयाँ लायकपुर शिविरका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २९ वर्षीय लक्ष्मण चौधरी, २० वर्षीय आशाराम चौधरी र २९ वर्षीय राम चौधरी रहेका छन् । उनीहरुलाई बिहीबार राति घर–घरबाट पक्राउ गरिएको हो । स्थानीयले भने प्रहरीलाई कता कसले कुट्यो थाहा नभएको तर दसैंको कार्यक्रम अनुमति नलिई अबेर रातिसम्म गरेर प्रहरी कुटेको निराधार आरोप लगाउँदै पक्राउ गरेको बताएका छन् ।
स्थानीयले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको बताएका छन् । त्यहाँ कुनै झगडा पनि नभएको तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ ।
स्थानीय मक्कु चौधरीले दसैंको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम गरिएको तर असम्बन्धित र निर्दोष व्यक्तिलाई दुःख दिने नियतका साथ प्रहरीले पक्राउ गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण