ओलीले भने–छिमेकीले चित्त नदुखाए हुन्छ, एमाले सरकार आएपछि युरेनियम निकालेर बेच्छौं
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार आएपछि देशका विभिन्न स्थानमा रहेका युरेनियम प्रशोधन गरेर बेच्ने अभिव्यक्ति दिएका छन् । उनले एमाले सरकारले युरेनियम बेच्दा छिमेकी मुलुकहरुले चित्त दुखाउन नहुने समेत बताए ।
सोमबार पार्टीबाट निर्वाचित प्रदेश नम्बर ३ का जनप्रतिनिधिहरुलाई बधाई दिन ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा एमालेको सरकार बनाएपछि युरोनियम निकालेर बेच्छौं । छिमेकीले चित्त नदुखाए हुन्छ । चाहिएको भए आउ किनेर लैजाउ ।’
उनले अहिले कांग्रेस र माओवादी केन्द्र मिलेर एमालेलाई प्रतिपक्षमा राखेको भन्दै चुनावपछि दुई तिहाईका साथ सरकारमा जान एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले चित्ने ठाउँहरुमा धाँधली भएको दाबी गर्दै ओलीले चितवनको भरतपुर पनि त्यसकै उदाहरण भएको बताए । उनले भने, ‘चाँगुनारायणमा दोहोर्याएर मतगणना गर्न हुने ललितपुरमा चाँहि दोहोर्याउ भन्दा नहुने ? भरतपुरमा हार्नेले २–४ मत च्यात्दा आयोगले केहि नदेख्ने तर तर कब्जा गरेको भन्ने ?’
वर्तमान सरकारको आँखा बिग्रिएको भए आफूले चस्मा किनिदिने तर बुद्धिनै बिग्रिएको भन्दै एक पछि अर्को गर्दै गलत कार्यहरु गर्दै गएको आरोप लगाए ।
सो क्रममा उनले जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न आग्रह गरे ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोग आफैं षडयन्त्रमा फसेको आरोप लगाए ।
वरिष्ठ नेता नेपालले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय एमालेलाई हराउने षडयन्त्र अनुरुप आएको दावी गर्दै आपत्ति पनि जनाए । उनले निर्वाचनलाई सहज रुपमा सम्पन्न हुन नदिन सत्ता पक्षबाट हुँदै आएको षडयन्त्रमा निर्वाचन आयोग फस्न नहुनेतर्फ सचेत पनि गराए ।
नेता नेपालले लोकतन्त्रलाई बलियो बनाउन, अनुचित कदमलाई रोक्न र निर्वाचनलाई सहज रुपले सम्पन्न गर्न निर्वाचन आयोगले कसैको दवावमा पर्न नहुने पनि स्पष्ट पारे । नेता नेपालले सरकारले चरण चरणमा निर्वाचन गरेर एमालेलाई हराउने षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउन एकतावद्ध भएर अघि बढन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले राष्ट्रियता र लोकतन्त्रलाई सृदृढ बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि उल्लेख गरे ।
महासचिव इश्वर पोखरेलले देश र जनताको हितमा एमालेले काम गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाउन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण