सिरहा–२ बाट गायक/संगीतकार मुरलीधर राप्रपाका उम्मेदवार
राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।
मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा सङ्गीतकार पनि हुन ।
‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैँलाई रोगी बनायो’ जस्ता दर्जनौँ चर्चित गीतमा उनले स्वर भरेका मुरलीधरले सिरहा–२ मा एकल उम्मेदवार घोषणा गर्ने पहिलो व्यक्ति हुन । उनी चुनावी मैदानमा आएसँगै कांग्रेस, एमाले र मधेस केन्द्रित नेताहरूले चासोको रूपमा हेरेका छन् । - न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण