मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा हिमपातमा परी भरियाको मृत्यु

शनिबार, २२ असोज २०७९, ११ : २२
शनिबार, २२ असोज २०७९

हिमाली जिल्ला डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठुलो भेरी नगरपालिका–९ जुँफालका कर्णबहादुर डाँगी रहेको छन् । ४६ वर्षीया डाँगी असोज १० गते २ जना विदेशी नागरिकसहित ५ जना नेपाली गरी ७ जनाको टोलीसँग कागकोट हुँदै तिन्जे पुगेका थिए ।

फर्कने क्रममा शुक्रबार बेलुकी डोल्पो बुद्ध गाउँपालिका ३ स्थित छोईला लेकमा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णबहादुरको अत्याधिक हिमपात भई चिसोको कारण मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । 

उनको मृत्यु भएको खबर सोही टोलीमा रहेका इलाम नगरपालिका  वडा नं.–४ घर भई भान्से काम गर्ने पदम बहादुर राईले अस्थाइ प्रहरी पोष्ट ताक्सीमा जानकारी गराएका थिए । मृतकको शव अझै पनि घटनास्थलमै रहेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप