डोल्पामा हिमपातमा परी भरियाको मृत्यु
शनिबार, २२ असोज २०७९, ११ : २२
हिमाली जिल्ला डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठुलो भेरी नगरपालिका–९ जुँफालका कर्णबहादुर डाँगी रहेको छन् । ४६ वर्षीया डाँगी असोज १० गते २ जना विदेशी नागरिकसहित ५ जना नेपाली गरी ७ जनाको टोलीसँग कागकोट हुँदै तिन्जे पुगेका थिए ।
फर्कने क्रममा शुक्रबार बेलुकी डोल्पो बुद्ध गाउँपालिका ३ स्थित छोईला लेकमा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णबहादुरको अत्याधिक हिमपात भई चिसोको कारण मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
उनको मृत्यु भएको खबर सोही टोलीमा रहेका इलाम नगरपालिका वडा नं.–४ घर भई भान्से काम गर्ने पदम बहादुर राईले अस्थाइ प्रहरी पोष्ट ताक्सीमा जानकारी गराएका थिए । मृतकको शव अझै पनि घटनास्थलमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण