एमालेले मकवानपुर–१ मा कमल थापालाई सघाउने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले मकवानपुर–१ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने भएको छ । उक्त निर्वाचनमा अध्यक्ष थापालाई प्रतिनिधिसभा तर्फको मकवानपुर–१ मा एमालेको आधिकारिक उम्मेदवारका रूपमा ‘सूर्य’ चिन्हबाट लडाउने तय भएको बताइएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्नेछन् । यस अघि सो क्षेत्रमा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाउने गरी टिकट दिएको थियो । उक्त निर्णय सार्वजनिक भएसँगै राप्रपा नेपालका अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
बालकोटको छलफल पछि अध्यक्ष थापालाई एमालेले मकवानपुर–१ बाट प्रतिनिधिसभा तर्फको उम्मेदवारका लागि ‘सूर्य’ चिन्हबाट लड्ने गरी टिकट दिने सहमति भएको बताइएको छ । यस विषयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि रानाको टिकट खोसेर पार्टीले राप्रपा नेपालका अध्यक्ष थापालाई उम्मेदवार बनाउने तय भएको तर आधिकारिक निर्देशन भने प्राप्त नगरेको बताए ।
एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले पनि कमल थापालाई ‘सूर्य’ चिन्हबाट चुनाव लडाउने निर्णय भएको अनौपचारिक जानकारी आएको तर ठोस निर्देशन भने प्राप्त हुन बाँकी रहेको प्रतिक्रिया दिए ।
एमालेका नेता कृष्णप्रसाद दाहालले केन्द्रले आधिकारिक जानकारी नदिएकाले भोलि मात्र सो विषय बारे औपचारिक निर्णय हुने बताए । उनले पार्टीले रामेश्वर रानाको टिकट खोसेर कमल थापालाई सूर्य चिन्हबाट चुनाव लडाउने आधिकारिक निर्णय गरेको भए त्यो गलत भएको बताए । पार्टीको उक्त निर्णय मकवानपुरका जनता र एमालेका कार्यकर्ताको लागि दुर्भाग्य हुने उनको भनाई छ ।
यस विषयमा बुझ्न यस अघि टिकट पाएका उम्मेदवार एवम् एमाले मकवनापुरका इञ्चार्ज रामेश्वर रानासँग सम्पर्क गर्ने प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण