शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उम्मेदवारी दर्ताअघि देवीदेवताको दर्शनमा लिङ्देन

आइतबार, २३ असोज २०७९, ११ : १७
आइतबार, २३ असोज २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ताअघि देवी देवताको दर्शन गरेका छन् । आइतबार झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्न जानुअघि अध्यक्ष लिङ्देन नजिकैको देवी देवताका मन्दिरको दर्शन गर्न पुगेका हुन् ।

त्यसपछि उनले आफन्तजनबाट सगुन र शुभकामना लिएका छन् ।  अध्यक्ष लिङ्देनले बिहान ११ : ३० पछि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । झापा ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्ण सिटौलाले उम्मेदवारी दर्ता गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप