सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
शुक्रबार, ०१ साउन २०८३, ०७ : ४६
सारांश
- सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ ब्याजदर आजदेखि लागू गरेको छ।
- योगदान रकममा वार्षिक ३.२ प्रतिशत ब्याज दिइनेछ भने विभिन्न सापटीमा ५.५ प्रतिशतसम्म ब्याज लाग्नेछ।
- ईएमआई भुक्तानीको म्याद नाघेमा वार्षिक १ प्रतिशत हर्जाना ब्याज लाग्नेछ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ।
कोष सञ्चालक समितिको असार २३ गते बसेको बैठकले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी योगदान रकममा प्रदान गरिने ब्याज तथा विभिन्न प्रकारका सापटीमा लाग्ने ब्याजदर निर्धारण गरिएको हो।
नयाँ व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना तथा संस्थागत एवं व्यक्तिगत अवकाश कोषमा जम्मा भएको रकममा वार्षिक ३.२ प्रतिशत ब्याज प्रदान गरिनेछ।
त्यस्तै, विशेष सापटीमा कोषले वार्षिक ४.७ प्रतिशत ब्याज लिनेछ भने घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा वार्षिक ५.५ प्रतिशत ब्याजदर कायम गरिएको छ। घडेरी सापटीमा वार्षिक ५.७ प्रतिशत ब्याज लाग्नेछ।
यसैगरी, ईएमआई भुक्तानीको म्याद नाघेमा वार्षिक १ प्रतिशतका दरले हर्जाना ब्याज लाग्ने सामाजिक सुरक्षा कोषले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण