कर्णालीका मुख्यमन्त्री शाहीद्वारा प्रदेशसभाको लागि उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १३ : १६
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको दर्ता नम्बर पाँच रहेको छ । उनको मनोनयनपत्र निर्वाचन आयोगमा दर्ता भइसकेको उनको निजी सचिवालयले जनाएको छ ।
हुम्लामा दिउँसो २ बजे मनोनयनपत्र दर्ता गर्ने भनिएपनि मौसमको प्रतिकूलताका कारण त्यहाँ जान असम्भव भएका केन्द्रीय निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएका हुन्। उनी प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ एकल सिफारिस भएका थिए । यद्यपि प्रतिनिधिसभा माओवादीको भागमा परेका कारण प्रदेशको चुनाव लड्ने भएका हुन् । अब उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको लागि दाबेदार बन्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण