सञ्चारमन्त्री कार्कीले सुनसरी ४ बाट गराए मनोनयन दर्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेदवारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा छन् । मनोनयन दर्तापश्चात संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रसंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताए ।
यसैबीच नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । आचार्य कांग्रेसका सीताराम मेहताको प्रतिष्पर्धीका बनेर चुनाव लड्दै छन् । उता नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । सुनसरी ३ मा पुनः गच्छदारको भिडन्त एमालेकी नेतृ भगवती चौधरीसँग हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण