मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी
हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा , कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेदवारी परेको छ ।
त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजीव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण