बुद्ध एयर २५औँ वर्षमा, १ करोड ८० लाख बढीलाई सेवा
हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औँ वर्षमा प्रवेश गर्दै छ । सन् १९९७ सेप्टेम्बर ११ का दिनदेखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २४ औँ वर्ष पुरा गरी २५औँ वर्षमा प्रवेश गर्न लागेको हो ।
यसै अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी दिएको कम्पनीले सो अवधिमा २ लाख ६४ हजार ९१८ फ्लाइट मार्फत कूल १ करोड ८० लाख भन्दा माथि सेवाग्राहीलाई उडान सेवा प्रदान गरिसको जनाएको छ ।

सुरुवाती चरणमा एउटा मात्र एयर क्राफ्टमार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटीआर विमानसहित १६ वटा जहाजबाट ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको छ । भने १५ भन्दा बढी उडान गन्तव्यमा सेवा विस्तार गर्न सफल भएको कम्पनीले बताएको छ ।

कम्पनीको गुणस्तर र विश्वसनीयतामाथि थप व्याख्या गर्दै कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले स्वदेशी उडानमा बुद्ध एयरसँग अन्य कम्पनीहरूको तुलना नै हुन नसक्ने दाबी गरे ।
उनले भने, ‘कम्पनीको अनवरत २५ वर्षे यात्रा चानचुने कुरा होइन । निकै सङ्घर्षशील समय पार गर्दै बुद्ध एयरले रजत वार्षिक उत्सव मनाउन सफल भएको छ । यो सबै हामीले दिएको गुणस्तरीय सेवा तथा विश्वसनीयता र हाम्रा सेवाग्राहीहरूको मायाले गर्दा नै हो’ बस्नेतले भने, ‘बुद्ध एयरसँग अन्य कम्पनीको तुलना नै हुन सक्दैन । अन्य निजी डोमेस्टिक एयरलाइन्सहरू भन्दा बुद्ध एयर ७ गुणा माथि रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण