शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयर २५औँ वर्षमा, १ करोड ८० लाख बढीलाई सेवा

सोमबार, २४ असोज २०७९, १४ : २६
सोमबार, २४ असोज २०७९

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औँ वर्षमा प्रवेश गर्दै छ । सन् १९९७ सेप्टेम्बर ११ का दिनदेखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २४ औँ वर्ष पुरा गरी २५औँ वर्षमा प्रवेश गर्न लागेको हो । 

यसै अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी दिएको कम्पनीले सो अवधिमा २ लाख ६४ हजार ९१८ फ्लाइट मार्फत कूल १ करोड ८० लाख भन्दा माथि सेवाग्राहीलाई उडान सेवा प्रदान गरिसको जनाएको छ । 

सुरुवाती चरणमा एउटा मात्र एयर क्राफ्टमार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटीआर विमानसहित १६ वटा जहाजबाट ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको छ । भने १५ भन्दा बढी उडान गन्तव्यमा सेवा विस्तार गर्न सफल भएको कम्पनीले बताएको छ । 

कम्पनीको गुणस्तर र विश्वसनीयतामाथि थप व्याख्या गर्दै कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले स्वदेशी उडानमा बुद्ध एयरसँग अन्य कम्पनीहरूको तुलना नै हुन नसक्ने दाबी गरे । 

उनले भने, ‘कम्पनीको अनवरत २५ वर्षे यात्रा चानचुने कुरा होइन । निकै सङ्घर्षशील समय पार गर्दै बुद्ध एयरले रजत वार्षिक उत्सव मनाउन सफल भएको छ । यो सबै हामीले दिएको गुणस्तरीय सेवा तथा विश्वसनीयता र हाम्रा सेवाग्राहीहरूको मायाले गर्दा नै हो’ बस्नेतले भने, ‘बुद्ध एयरसँग अन्य कम्पनीको तुलना नै हुन सक्दैन । अन्य निजी डोमेस्टिक एयरलाइन्सहरू भन्दा बुद्ध एयर ७ गुणा माथि रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप