मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभा अन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा अन्तर्गत १२ स्थानका लागि एक सय १८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ मा नेपाली कांग्रेस नेकपा एमाले, राप्रपा र ६ जना स्वतन्त्र गरी १५ जनाले मनोनयन दर्ता गराएका छन् । यसैगरी क्षेत्र नं १ प्रदेश सभा (क) मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र दुई स्वतन्त्र गरी सात र क्षेत्र न १ (ख) मा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र दुई स्वतन्त्र गरी आठजनाले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकां नेत्री एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नेकपा एमाले, राप्रपा र दुई स्वतन्त्रसमेत १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा २(क) मा एमाले, माओवादी केन्द्र, राप्रपा र चार स्वतन्त्र तथा प्रदेशसभा २ (ख) मा नेकां, एमाले, राप्रपा र दुई स्वतन्त्र गरी नौजनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
मोरङ क्षेत्र ३ प्रतिनिधिसभाका लागि एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल, राप्रपाबाट नायिका रेखा थापा, नेकांबाट नोबेल मेडिकल शिक्षण अस्पतालका प्रमुख सुनिल शर्मा चुनावी प्रतिष्पर्धामा छन् । यस क्षेत्रमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा ३ (क) मा नेकां, एमाले, राप्रपा र एक स्वतन्त्रसहित सात तथा ३ (ख) मा एमाले, राप्रपा र छ स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा ४ मा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकां विपी र सात स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाको ४ (क) मा एमाले, राप्रपा नेकां र एक स्वतन्त्र तथा प्रदेशसभा ४ (ख) मा एमाले, नेकां, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा र दुई स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं ५ मा माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, जनमत पार्टी र आठ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा ५ (क) मा नेकां, एमाले राप्रपा र दुई स्वतन्त्र गरी छजनाले तथा प्रदेशसभा ५ (ख)मा नेकां, जसपा, राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै मोरङ क्षेत्र ६ मा नेकांका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइराला, नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित चुनावी प्रतिष्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा अन्य राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा क्षेत्र नं ६(क) मा एमाले, माओवादी केन्द्र, नेकां विपी, राप्रपा र पाँच स्वतन्त्र गरी १३ जना तथा क्षेत्र नं ६(ख) मा नेकां, एमाले, नेकपा एकीकृत समाजवादी, जसपा, नेकां विपी र तीन स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेका समेत गरी सात लाख ३५ हजार पाँच सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण