बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

मङ्गलबार, २५ असोज २०७९, १५ : ४३
मङ्गलबार, २५ असोज २०७९

लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । 

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप