बालिका बलात्कार आरोपमा एक जना पक्राउ
भक्तपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपी सुनारलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उनले जानकारी दिए । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण