माओवादीले भन्यो–बागी उम्मेदवार, प्रस्ताव र समर्थक तीनै पक्षलाई कारवाही गर्छौं
बुधबार, २६ असोज २०७९, १८ : ३०
नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारसहित तीनैपक्षलाई कारवाही गर्ने भएको छ । सत्ता गठबन्धनले निर्णय गरेको आधिकारिक उम्मेदवारभन्दा बाहिरबाट पार्टीका नेताहरुले बागी उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने भएको हो ।
पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिने व्यक्ति, प्रस्ताव र समर्थक तीनपक्षलाई कारवाही गरिने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘हाम्रो पार्टीबाट बागी उम्मेदवारी दिएका अधिकांशको फिर्ता भई सकेको छ । एकाध संख्या हुन सक्छ । फिर्ता नभए कारवाही हुन्छ,’ ढकालले भने,‘सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार तय भएका छन् । त्यसमा पार्टीका तर्फबाट कुनै नेताले बागी उम्मेदवारी दिएमा कारवाही हुन्छ । त्यति मात्र होइन प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्छौं ।’ माओवादीले बागी उम्मेदवारी फिर्ता लिन यसअघि नै निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण