मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

बिहीबार, २७ असोज २०७९, ०७ : २६
बिहीबार, २७ असोज २०७९

युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् । 

‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुभयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ । अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् ।  तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने । 

युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा वृद्धि भएको उनको भनाइ छ । श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को गम्भीर विषय हो ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप