गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीतिप्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’
मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छन् । राजदूत यान्छी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै छिन् । उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण गरेका थिए ।
राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीमा चिन फर्किन लागेकोमा मन्त्री खाणले शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण