सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा ५३ उम्मेदवार, कुन क्षेत्रमा को–को छन् उम्मेदवार ?

बिहीबार, २७ असोज २०७९, १७ : १२
बिहीबार, २७ असोज २०७९

पर्सामा स्वतन्त्रसहित ५३ उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पर्सा क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादवसहित २१ उम्मेदवार रहेका छन् । 

सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका किरण मान डंगोल, नेपाल मजदुर किसान पार्टीका मुकेश कुशवाहा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लक्ष्मण लाल कर्ण, नेपालका लागि नेपाली पार्टीका जितेन्द्र प्रसाद कुर्मी, नेपाल लोकतान्त्रिक पार्टीका  सुन्दर साह कानु, राष्ट्रिय जनमुक्ति पार्टीका हसिबुर रहमान अंसारी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)  शंकर प्रसाद चौरसिया, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह र नेपाल सुशासन पार्टीका अजय कुमार रिजाल उम्मेदवार रहेका छन् । 

यस्तै स्वतन्त्रका दिलिप कुमार साह तेली, धर्मेन्द्र साह कानु, नौशाद अंसारी, अजय कुमार द्विवेदी, लखीचन साह तेली, शंकर कुमार कर्ण, बालेश्वर खाँ चौधरी, हृदयनारायण प्रसाद बरै, फरीद आलम, मोसाहेब मिया मंसुरी र बरुण चौरसीया उम्मेदवार छन् । यसैगरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका अजय कुमार चौरसिया, जनता समाजवादी पार्टी, नेपालका सुरेन्द्र प्रसाद कुर्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश कुमार साह, नेपाल मजदुर किसान पार्टीका सरोज कुमार साह, नेपाल लोकतान्त्रिक पार्टीका हरिहर प्रसाद साह (कानु), नेपाल सद्भावना पार्टीका उमेश प्रसाद कुर्मी, जनसमाजवादी पार्टी नेपालका सत्यनारायण प्रसाद, राष्ट्रिय स्वतन्त्र पार्टी  दिपराज पटेल उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्रका उमेश बरै, योगेन्द्र प्रसाद यादव र गणेश राज शाह पनि उम्मेदवार रहेका छन् । 

यसैगरी क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राज कुमार गुप्ता, नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंगद ठाकुर, नेपाल मजदुर किसान पार्टीका आशा काजी वनमाला, नेपाल सुशासन पार्टीका राज कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कडेल उम्मेदवार छन् । यस्तै स्वतन्त्रका धुरेन्द्र पटेल, रामप्रसाद महतो चाई, प्रदिप कुमार रौनियार, सुमिर कुमार साह र महमद अली अकबर अंसारी पनि उम्मेदवार रहेका छन् । 

यसैगरी क्षेत्र नम्बर ४ मा एमालेका जालिम मियाँ मंसुरी र नेपाली काँग्रेसका रमेश रिजाल उम्मेदवार छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अवधेश प्रसाद गौरो, नेपाल मजदुर किसान पार्टीबाट राज कुमार वनमाला, जनमत पार्टीबाट अजय कुमार यादव, नेपाली जनता दलबाट रामासिस महतो कोइरी रहेका छन् भने स्वतन्त्रबाट महेन्द्र कुमार चौधरी, स्वतन्त्र जज अहमद, हेतुला मिया मंसुरी र हरिओम साह कानु  उम्मेदवार रहेका छन्  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप