पुरुष फुटबलमा एनआरएनए र बागमतीको विजयी सुरुवात
गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा शुक्रवार गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।
पोखराको याम्दीस्थित गोष्तेघाट खेल मैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दा दिनको दोस्रो खेलमा बागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।
एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक÷एक गोल गरे । एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले विरोध जनाएपछि केही ढिला गरी सुरु भएको खेलमा सञ्जोगले नवौँ मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । ३५ मिनेटमा खेलाइएको खेलको ४५ औँ मिनेटमा विमलले एनआरएनएका लागि दोस्रो गोल गरेका थिए ।
सुरुवातमा गोल खान पुगेको प्रदेश १ त्यसपछि दबाबमा परेको थियो । पहिलो हाफमा लिएको अग्रतासँगै उच्च मनोबलका साथ खेलेको एनआरएनएविरुद्ध दोस्रो हाफमा प्रदेश १ खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र नतिजा सुम्पिन बाध्य बन्यो । यससँगै एनआरएनएले पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उता पराजित प्रदेश १ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्ने क्रममा सुनिल बल र अञ्जन विष्टले समान एक/एक गोल गरे । ७० मिनेटमा छोट्याइएको खेलमा सुनिल बलले ३९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै अञ्जन विष्टले ४५ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीबाट टोलीका लागि दोस्रो गोल गरेका थिए ।
प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी तथा दोस्रो खेल कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण