आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली

आइतबार, २८ असार २०८३, १४ : ३५
आइतबार, २८ असार २०८३

काठमाडौँ । अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। 

अर्जेन्टिना सेमिफाइनलमा पुगेसँगै नायक अनमोल केसीले स्टेडियममै खुसीयाली मनाएका छन्। उनले अब उपाधिका लागि एक कदम मात्रै बाँकी रहेको बताए । 

फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो।

सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप