बाढीले पुल भत्काएपछि हुलाकी सडकखण्ड अवरुद्ध
पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्ड अन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन् । बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना सवारीसाधान आवातजावत पूर्णरूपमा बन्द छ ।
बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए। उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण