आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : नामिबियासँग श्रीलंका स्तब्ध

आइतबार, ३० असोज २०७९, १३ : ३७
आइतबार, ३० असोज २०७९

टी–२० विश्वकपको पहिलो खेलमा नै श्रीलंका नामिबियासँग स्तब्ध बनेको छ । एसिया कप च्याम्पियन श्रीलंका १४ औँ स्थानमा रहेको नामिबियासँग ५५ रनले पराजित बनेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नामिबया ३ विकेटको क्षतिमा ३५ र त्यसपछि ६ विकेटको क्षतिमा ९३ रनको अवस्थामा पुगे पनि जान फ्राइलिंक (२८ बलमा ४४ रन) तथा जेजे स्मिथ (१६ बलमा ३१ रन) ले अन्तिम ३७ बेलमा ७० रन बनाउँदै टोलीको स्कोर ७ विकेटको क्षतिमा १६३ रन पुर्याए ।

जवाफमा विश्व वरियतामा आठौँ स्थानमा रहेको श्रीलंकाको मात्र १०८ रनमा अलआउट हुन पुग्यो । यसअघि नामिबियाले टेस्ट खेल्ने राष्ट्रलाई हराएको भनेको सन् २०२१ मा आयरल्यान्डलाई हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप