प्याराग्लाइडिङ खेलाडीको मृत्युप्रति खेलकुद मन्त्रीद्वारा दुख व्यक्त
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लब (विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुखित र मर्माहत बनाएको छ । यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धैर्यधारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।'
यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले पनि विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण