प्रहरी निरीक्षक शाहीलाई सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार
इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णालीकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका हुन् ।
शाहीले अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै पुरस्कार प्रदान गरिएको हो । २८ वर्षीया प्रहरी निरीक्षक शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए । पश्चिम दैलेखको दुर्गम ठाटीकाँधमा जन्मिएका शाहीले १ वर्ष सुर्खेतमा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शाहीले गत साउन २१ गते दुई जना भारतीय नागरिकले सुन तौल र मूल्यमा कैफियत गरी ठगी गरेको मुद्दामा २ जना प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्न सफल भएका थिए । ३०, साउनमा सल्यानको दार्मा गाउँपालिका–३ मा ३ जना व्यक्तिहरुलाई तेजाव एसिड प्रहार गरेर फरार भएका अभियुक्तलाई शाहीकै कमाण्डमा पक्राउ गरिएको थियो । यस्तै गत साउन ८ मा सल्यानको बागचौर –२ मा जुवा खेलिरहेको अवस्थामा १० जना व्यक्तिहरुलाई पक्राउ गरी जुवा नियन्त्रण मुद्दामा कारबाही गर्न सफल शाहीको छवि विवादरहित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण