सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा अहिले स्वीट्जरल्याण्ड र कोलम्बियाबिच प्रतिस्पर्धा सुरु भएको छ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा सुरु भएको यस खेलले क्वार्टरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लगाउनेछ।
आजको खेल जित्ने टोलीले आगामी आइतबार हुने क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिनाले यसअघि नै इजिप्टलाई नाटकीय रूपमा पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
स्वीट्जरल्याण्डका लागि आजको खेलमाधक्का लागेको छ। यस प्रतियोगिताका उदाउँदा स्टार जोहान मान्जाम्बी चोटका कारण टोलीमा सहभागी छैनन्।
प्रशिक्षक मुरात याकिनको नेतृत्वमा रहेको स्विस टोली पछिल्ला १० प्रतिस्पर्धी खेलहरूमा अपराजित छ। टोलीमा म्यानुएल अकान्जी र ग्रेनिट जाका जस्ता अनुभवी खेलाडीहरूको साथ रहेको छ।
यता कोलम्बियाली टोलीमा पनि चोटको समस्या देखिएको छ। जोन कोर्डोबाको स्थानमा लुइस स्वारेजलाई मैदान उतारिएको छ।
यी दुवै टोलीका लागि आजको खेल ऐतिहासिक हुनेछ। स्वीट्जरल्याण्ड सन् १९५४ पछि पहिलो पटक क्वार्टरफाइनल पुग्ने दाउमा छ भने कोलम्बिया १२ वर्षपछि अन्तिम आठमा पुग्न संघर्षरत छ।
यो खेल क्यानडामा आयोजना हुने यस विश्वकपको अन्तिम खेल समेत हो। यसपछि क्वार्टरफाइनलदेखिका सबै खेलहरू अमेरिकामा हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण