युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ ।
ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ ।
ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो ।
चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ ।
ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताए । उनले परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा सङ्लग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने विस्तृत जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण