कात्तिक ४ गतेभित्र बागी उम्मेदवारी निष्क्रिय गरे कांग्रेसले कारबाही फुकुवा गर्ने
नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने जनाएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।'
कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध दिएको विद्रोही उम्मेदवारी २६ गते आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई पार्टीको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण