सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नवौं खेलकुद : पुलिस पुरुष भलिबलको सेमिफाइनलमा

मङ्गलबार, ०१ कात्तिक २०७९, १० : २८
मङ्गलबार, ०१ कात्तिक २०७९

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । 

पहिलो क्वाटरफाइनल खेलको पहिले सेटमा २५–२१ को जित निकालेको पुलिसले दोस्रो सेट २५–१३ ले जितेको थियो । अन्तिम सेटमा २५–२० ले जित निकाल्दै पुलिस सेमिफाइनलमा पुग्यो । 

पुलिसले आजै हुने दोस्रो क्वाटरफाइनलको त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको विजेतासँग खेल्ने छ । आज नै हुने तेस्रो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । त्यस्तै अन्तिम क्वाटरफाइनल गण्डकी प्रदेश र प्रदेश नम्बर एकबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप