नवौं खेलकुद : पुलिस पुरुष भलिबलको सेमिफाइनलमा
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : २८
विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो क्वाटरफाइनल खेलको पहिले सेटमा २५–२१ को जित निकालेको पुलिसले दोस्रो सेट २५–१३ ले जितेको थियो । अन्तिम सेटमा २५–२० ले जित निकाल्दै पुलिस सेमिफाइनलमा पुग्यो ।
पुलिसले आजै हुने दोस्रो क्वाटरफाइनलको त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको विजेतासँग खेल्ने छ । आज नै हुने तेस्रो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । त्यस्तै अन्तिम क्वाटरफाइनल गण्डकी प्रदेश र प्रदेश नम्बर एकबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण