कांग्रेसले पार्टी कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।
मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण