१० करोडको राँगो
भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो ।
नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।
गोलु टु राँगोको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।
नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो राँगोलाई देखेपछि चकित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण