म्यानमारको कुख्यात इन्सेन कारागारमा बम विष्फोट, कम्तीमा ८ जनाको मृत्यु
बुधबार, ०२ कात्तिक २०७९, १७ : ०८
म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट भएको छ । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच आगन्तुकको मृत्यु भएको हो।
इन्सेन जेल देशकै सबैभन्दा ठुलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारी बाहेक मारिएका पाँच जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण