बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा सिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

बिहीबार, ०३ कात्तिक २०७९, १६ : ५५
बिहीबार, ०३ कात्तिक २०७९

अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् ।

वर्षाको उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ । आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।

वर्षाको फेसबुक डिएक्टिभेट भएपनि उनको इन्स्टाग्राम भने एक्टिभ नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप