बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

शुक्रबार, ०४ कात्तिक २०७९, ०९ : ५९
शुक्रबार, ०४ कात्तिक २०७९

तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो ।

लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् । सडक बत्तीसम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप