चालु खाता घाटा घट्यो, शोधनान्तर स्थिति पनि पोजेटिभ
अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ ।
उसो त अघिल्लो वर्षको तुलनामा यसवर्ष शोधनान्तर स्थितिमा समेत सुधार आएको बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाख रुपैयाँले मात्र घाटामा रहेको बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै आयातमा लगायतको प्रतिबन्धले यसवर्ष शोधनान्तर स्थितिमा केही सुधारात्मक संकेत देखिन गएको हो ।
बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण