मिलन पाण्डेको प्रतिबद्धता पत्र सार्वजनिक : बाटोमा हिँड्दा यो नेता हो भन्ने गरी काम गर्छु
काठमाडौं क्षेत्र नम्बर ९ का विवेकशील अभियन्ताका उम्मेदवार मिलन पाण्डेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । इन्टरनेटमार्फत सार्वजनिक प्रतिबद्धतामा उनले बाटोमा देख्दा वा संसदमा बोल्दा, यो नेता हाम्रो हो भनेर गर्व गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पेशाले इन्जिनियर रहेका ३३ वर्षका पाण्डेले विकास, समृद्धिलाई वैज्ञानिक र समाधान मुखी तरिकाले बुझेको उल्लेख गर्दै देशको नयाँ पुस्ता, अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेर जनताका सन्ततिका निम्ति हित हुने काम गर्न सक्ने बताएका छन् । उनले पुराना दल र उम्मेदवारले चुनाव जित्दा संसदमा नयाँपन नआउने बताउँदै एउटा इन्जिनियर युवा उठ्दा संसदमै ताजापन आउने दावी गरेका छन् ।
उनले जितेपछि आफूले गर्ने काम, स्थानीय मुद्दाहरु, राष्ट्रिय मुद्दालाई कसरी अगाडी बढाउने भन्ने कुराहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । उनले राखेका ७ प्रतिबद्धतामा संविधानमा भएका मौलिक हकहरु कार्यान्वयन गराउने, संसद र सिंहदरबार आम समुदायलाई खुला गराउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरेर समृद्धि ल्याउने, संस्कृति सम्पदा र वातावरण संरक्षण गर्न संसदबाट उपयुक्त नीति बताउने, विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर प्रदान गर्न भूमिका खेल्ने, भष्टाचारको भण्डाफोर गर्ने, महिला हिंसाका घटनामा शून्य सहनशीलता नीति लिने लगायतका प्रतिबद्धता ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण