प्रकाश ज्वाला भन्छन्–‘गठबन्धन केटाकेटीको खेल जस्तो होइन’
नेकपा (एकीकृत समाजवादी केन्द्र) का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन केटाकेटीको खेल जस्तो नभएको बताएका छन् ।
संविधान बचाउने र मास्नेबीचको लडाइँ भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह समेत गरे । सल्यानबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका ज्वालाले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताए ।
‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ,’ ज्वालाले एक कार्यक्रममा भने,‘ विगतका ठुला–ठुला राजनीतिक परिवर्तन सम्भव गर्न विभिन्न दलहरुका बीचमा सहकार्य भएको इतिहास छ ।’
ज्वालाले अहिलेको गठबन्धन लामो समयसम्म रहने बताए । ०७४ मा नेकपा एमालेबाट प्रदेश सभा चुनाव जितेर अर्थमन्त्री भएका ज्वाला नेकपाको अन्तरसंघर्षका बेला माधव कुमार नेपाल गुटको नेतृत्व गरेर प्रदेश सरकारमा विद्रोह गरेका थिए । अहिले गठबन्धनका साझा उम्मेदवार समेत रहेका ज्वाला चुनावी अभियानका क्रममा गाउँबस्तीमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण