दुर्गा बन्जाडेलाई आयोगको स्पष्टिकरण - स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार किन गरेको ?
हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गा प्रसाद बन्जाडेलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै आयोगले के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो ।
हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको देखिएकोले स्पष्टिकरण सोधिएको कार्यालयले जनाएको छ । 'उहाँले लौरो चिह्न स्वतन्त्र हो, म पनि स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार गरेको पाइयो', जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले भने, 'जनतालाई भ्रममा पार्ने काम आचारसंहिता विपरीत हुन्छ ।'
आयोगले शिक्षक, कर्मचारी तथा पत्रकारहरुलाई समेत आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । पत्रकार जितेन्द्र खत्री र सूर्यप्रसाद भुसालले आचारसंहिता विपरीत दलका उम्मेदवारलाई भोट मागेको भन्दै स्पष्टिकरण सोधिएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण