नाचघरमा सिम्खडाले हँसाए दर्शक
चर्चित हास्य कलाकार/कवि शैलेन्द्र सिम्खडाले ‘देउसीभैलो’ कार्यक्रममार्फत दर्शक हँसाएका छन् । उनले शनिबार फोकस नेपालबाट आयोजना भएको ‘सम्मान प्रदान तथा देउसी भैलो कार्यक्रम २०७९’ आफ्नो कमेडी प्रस्तुतिमार्फत दर्शक हँसाएका हुन् ।
राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सिम्खडाले आफ्नो ब्यङ्ग्यका बिषय राजनीतिक दलका नेता, चुनाव र समसामयिक बिषयसमेत बनाएका थिए । जुन भिडियो उनले आफ्नो युट्युवबाट ‘सिम्खडाको सिंगौरी २’ भनेर सार्वजनिक गरेका छन् ।
दुई वर्ष अगाडिका बर्षहरुका सधै सिस्नुपानीको देउसी भैलोमा बिभिन्न व्यङ्ग्यात्मक प्रस्तुति दिँदै आएका सिम्खडा गत वर्षबाट छुट्टै कार्यक्रममा देखिँदै आएका हुन् । सिस्नुपानीसँगको असमझदारीका कारण आफुले छुट्टै देउसी भैलो कार्यक्रम गर्दै आएको सिम्खडाले बताए ।
विगत ४२ वर्ष अगाडिदेखि रंगमञ्च र अन्य माध्यमबाट दर्शक हँसाउँदै आएका सिम्खडाले पछिल्लो समय युट्युव मार्फत पनि नियमित व्यङ्ग्यका विभिन्न प्रस्तुति राख्दै आएका छन् । उनका व्यङ्ग्यमा कमेडीका साथै राष्ट्र प्रेमको सन्देशसमेत हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण