शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाचघरमा सिम्खडाले हँसाए दर्शक

आइतबार, ०६ कात्तिक २०७९, १२ : ४१
आइतबार, ०६ कात्तिक २०७९

चर्चित हास्य कलाकार/कवि शैलेन्द्र सिम्खडाले ‘देउसीभैलो’ कार्यक्रममार्फत दर्शक हँसाएका छन् । उनले शनिबार फोकस नेपालबाट आयोजना भएको ‘सम्मान प्रदान तथा देउसी भैलो कार्यक्रम २०७९’ आफ्नो कमेडी प्रस्तुतिमार्फत दर्शक हँसाएका हुन् ।

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सिम्खडाले आफ्नो ब्यङ्ग्यका बिषय राजनीतिक दलका नेता, चुनाव र समसामयिक बिषयसमेत बनाएका थिए । जुन भिडियो उनले आफ्नो युट्युवबाट ‘सिम्खडाको सिंगौरी २’ भनेर सार्वजनिक गरेका छन् ।
दुई वर्ष अगाडिका बर्षहरुका सधै सिस्नुपानीको देउसी भैलोमा बिभिन्न व्यङ्ग्यात्मक प्रस्तुति दिँदै आएका सिम्खडा गत वर्षबाट छुट्टै कार्यक्रममा देखिँदै आएका हुन् । सिस्नुपानीसँगको असमझदारीका कारण आफुले छुट्टै देउसी भैलो कार्यक्रम गर्दै आएको सिम्खडाले बताए ।

विगत ४२ वर्ष अगाडिदेखि रंगमञ्च र अन्य माध्यमबाट दर्शक हँसाउँदै आएका सिम्खडाले पछिल्लो समय युट्युव मार्फत पनि नियमित व्यङ्ग्यका विभिन्न प्रस्तुति राख्दै आएका छन् । उनका व्यङ्ग्यमा कमेडीका साथै राष्ट्र प्रेमको सन्देशसमेत हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप