अवैध काठसहित ट्रक बरामद
मङ्गलबार, ०८ कात्तिक २०७९, ०७ : ०८
रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ। डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो ।
चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५० क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन ।
सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए । बरामद काठ सहितको ट्रक आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय रौतहटमा बुझाइएको भन्सार रेन्जपोष्टका प्रमुख राजेश साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण