प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई
मङ्गलबार, ०८ कात्तिक २०७९, ०९ : ४७

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन् । उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड
-
मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैन : कृषिमन्त्री
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे