राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री
मङ्गलबार, ०८ कात्तिक २०७९, १७ : ३९
बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।
भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ ।
कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचन प्रक्रियामा सुनक निर्विरोध भएपछि प्रधानमन्त्री बन्ने निश्चित भएका थिए ।
स्रोत: सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण